भवानी दाइलाई म राम्ररी चिन्दछु । जहिलेदेखि मैले साहित्यप्रति लगाव राख्न थालेँ, त्यो बेलादेखि भवानी घिमिरे सम्पादक भानु मासिक भनेर जान्न थालेँ । वास्तवमा भानु भनेकै भवानी दाइ हुन् । भवानी दाइ भनेकै भानु हुन् ।

भानु यो दुई शब्द अक्षर चिन्ने जो कोहीलाई थाहा भएकै कुरा हो । भानु अर्थात् आदिकवि भानुभक्त जसले रामायण काव्य नेपाली छन्दमा उल्था गरेर लोकप्रिय बनाए । अनि जसले नेपाली भाषाको श्रीवृद्धिमा यति ठूलो काम गरे कि अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीम्म नेपाली भाषाको धागोमा चार जात, छत्तीस वर्ण उनिए ।

आदिकवि भानुभक्तको निधनका बेला ३ वर्षे बालक मोतीराम भट्टले ३० वर्षको उमेरसम्ममा भानुभक्तलाई नेपालमाझ चिनाए र यस कार्यमा भानुभक्तलाई आधुनिक र परिस्कृतरूपमा चिनाउन भवानी दाइले आदिकवि भानुकै नाममा भानु पत्रिका शुभारम्भ गरेर नेपाली साहित्य र भाषाको विकास अटुटरूपमा सम्पादन कार्य गर्दै आउनु भानुका सम्पादक भवानी घिमिरेको यो पहिलो अध्याय हो । जसमा उहाँले भानु पत्रिकाको भानुभक्त विशेषाङ्कमा प्रकाशित गर्नुभयो । मलाई लाग्छ, कवि मोतीरामपछि भानुभक्तलाई विस्तारित रूपमा रचनाका माध्यमबाट जनस्तरमा पु¥याउनु ठूलो योगदानका रूपमा लिन सकिन्छ ।

यसै क्रममा भानु पत्रिकाका महाकवि लक्ष्मीप्रसाद देवकोटा अङ्क, साहित्यकारहरूको हस्ताक्षर अङ्क, सडक कविता क्रान्ति अङ्क भवानी दाइका थप परिचय दिने कृति हुन् ।

यसरी भानु पत्रिकालाई माध्यम बनाएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र प्रवास टिष्टादेखि ब्रम्हपुत्रसम्म, दार्जिलिङ, सिक्किम, कालिम्पोङ, खर्साङ, सिलिगुडी, असम, गुवाहाटी, नागालैण्ड, मणिपुर, देहरादुनसम्म भवानी दाइले भानुका माध्यमबाट नेपाली भाषाभाषीबीच नेपाली साहित्यको श्रीवृद्धिमा स्थलगत सम्पर्क गरेर नेपाल र प्रवासमा नेपाली भाषा साहित्यको प्रचार गर्नुभयो । त्यसैले उहाँलाई नचिन्ने साहित्यकारहरू विरलै होलान् ।

भवानी दाइको दोस्रो परिचय भनेको उहाँ सदा परिवर्तनको पक्षपाती हुनुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र पुनस्र्थापना हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मुलुकमा प्रजातन्त्र पुनस्र्थापना हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले आजीवन कम्युनिष्ट पार्टी छोड्नु भएन । उहाँ कम्युनिष्टहरूका विभिन्न समूहहरूमा रसियन कम्युनिष्ट हुनुहुन्थ्यो । मैले चिनेदेखि उहाँ रसियन कम्युनिष्ट हो तर साहित्यकारहरूमाझ काङ्ग्रेस कम्युनिष्टबीच खास भेद थिएन । बराबर भइरहने कवि गोष्ठीहरू, साहित्यिक भेलामा यी दुई विचारबीच भेदभाव नभए पनि कहिलेकाहीँ प्रगतिवादी चर्चामा उहाँ लेºटकै नजिक हुनुहुन्थ्यो अर्थात् उहाँ लेºट हुनुहुन्थ्यो । तर पञ्चायत व्यवस्था विरुद्धको मोर्चामा काङ्ग्रेस–कम्युनिष्टको विचार एक थलोमा आउँथ्यो ।

यसै क्रममा २०३६ सालको जनमत सङ्ग्रहमा कविहरूले बहुदलको पक्षमा प्रचार गर्न कवितालाई माध्यम बनाए । त्यो पनि जनताबीच कविता सुनाउने कवि गोष्ठी गर्ने अर्थात् त्यस बहुदलीय कविता गोष्ठीलाई सडक कविता क्रान्ति मानियो जुन पछि गएर सडक कविता क्रान्तिको नाममा प्रख्यात भयो र त्यही सडक कविता क्रान्तिले २०३६ साल, २०४६ साल र २०६३ सालमा देशभर साहित्यकारहरूलाई सडक कविता क्रान्तिका माध्यमबाट परिवर्तनको सिंहनाद गरायो । यसको श्रेय भवानी दाइलाई जान्छ, यो उहाँको दोस्रो परिचय हो ।

जहाँसम्म उहाँसँगका बिताएका क्षणको चर्चा हुन्छ, तब उहाँलाइै मैले विस्मृतिबाट खोतल्दा उहाँसँगको परिचय भेटघाट ताजा लागेर आउँछ । उहाँसँग मेरो पहिलो भेट कहाँ भयो याद छैन तर हुनसक्छ, त्यो पहिलो भेट २०३२ सालमा काठमाडौं पीपलबोटमा भएको हुनुपर्छ । जुन पीपलबोट त्योताका मुलुकभरका कविहरू भेट्ने, गफ गर्ने साझा चौतारी थियो र छ । म पहिलोपल्ट काठमाडौं गएको बेला पीपलबोटनजिक पीपल गेष्ट हाउसमा बस्थेँ । भवानी दाइसँग कुनै एक साहित्यकारबाट परिचित हुने मौका मिल्यो र साहित्यकारबीच परिचय भएपछि आत्मीयता स्वतः बढेर जान्छ ।

म काठमाडौं एक हप्ता बसेँ होला र प्रत्येक दिन भवानी दाइसँग पीपलबोटमा भेट हुन्थ्यो । एक साँझ उहाँले मलाई भन्नुभयो, ‘यही किलागलमा एक भेटघाटको आयोजना हुँदैछ, तपाई पनि मसँग हिँड्नुहोस् ।’ उहाँको त्यो आग्रहलाई मैले अस्वीकार गर्ने कुरा थिएन । म उहाँसँग पछि लागेँ । झमक्क साँझ परेको थियो र हाम्रो भेटघाट आपसी परिचय आदान–प्रदान भयो । त्यो बेला अरु को को हुनुहुन्थ्यो, त्यो थाहा भएन केवल जनार्दन पुडासैनी (राजव) र सविता पुडासैनी बाहेक ।

यसरी भवानी दाइसँग परिचय भयो । २०३६ सालमा जनमत सङ्ग्रह भयो । जनमत सङ्ग्रहमा सडक कविता क्रान्तिका लागि भवानी दाइ धरान आउनुभयो । धरानमा उहाँ कम्युनिष्ट नेता कृष्णप्रसाद श्रेष्ठको निवासमा बस्नुभयो । उहाँ मेरो चतरालाइनको पुरानो घरमा आउनुभयो । उहाँलाई हामीले सडक कविता क्रान्तिका लागि लग्यौँ । जनमत सङ्ग्रहपछि उहाँले भानुको एउटा अङ्क सडक कविता क्रान्ति प्रकाशित गर्नुभयो ।

यसैगरी भवानी दाइ बराबर धरान आउनुहुन्थ्यो । त्यो बेला मसँग भेटघाट भइरहन्थ्यो । उहाँ खानेकुराका सौखिन, उहाँ जे खाँदा पनि चाख मानेर खाने मान्छे । बेला–बेलामा साथीभाइहरूबाट उहाँबारे चर्चा हुँदा उहाँको खानापिना सौखका बारेमा क्यारिकेचर हुन्थ्यो । भवानी दाइको क्यारिकेचर राम्रोसँग गर्नमा कवि एवम् कलाकार शैलेस आचार्य खप्पिस मानिनुहुन्थ्यो ।

भवानी दाइ कवि हुनुहुन्छ र उहाँको कविता शैली गजबको हुँदोरहेछ । उहाँ केही कराएर हात उठाउँदै दर्शकतिर सोझिएर मीठोसँग कविता वाचन गर्नुहुँदा उहाँको भावभङ्गीमा हेर्न लायक हुँदोरहेछ । मीठो खाने, मीठो बोल्ने साहित्यकार एवम् साहित्यिक पत्रकार भवानी दाइको पहिचान भानु नै हो जहाँ भानु त्यहाँ भवानी घिमिरे जहाँ भवानी त्यहाँ भानु ।

नेपाली साहित्यलाई प्रवास असम, वर्मा, सिक्किम, दार्जिलिङ, खर्साङ, कालिम्पोङ र देहरादुनसँग जोड्ने पनि भवानी दाइ हुनुहुन्थ्यो । उहाँले बनाइदिएको बाटोमा अब त पैmलिएको छ, अब धेरै भवानी दाइ जन्मेका छन् । यतिमात्र होइन, भवानी घिमिरे साहित्यिक बाहेक राजनीतिक चिन्तक, कट्टर माक्र्सवादी प्रजातान्त्रिक योद्धा हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्र प्राप्तिपछि मुलुक गणतन्त्रमा गएपछि बामपन्थी कोटामा केही सरकारी पदको राजनीतिक नियुक्ति लिनुभयो ।

प्रजातन्त्र स्थापनाअघि भेट भएका भवानी दाइलाई प्रजातन्त्र प्राप्ति, गणतन्त्र पाप्तिपछि मैले भेट्ने मौका पाइनँ । यसैबीच उहाँ हामीबाट अलबिदा हुनुभयो । अब छ त उहाँसँगको अन्तरङ र मात्र मधुर सम्झनाहरू ................।