भाइबहिनी हो, गोरखा दक्षिण बाहु चौथोबाट पुरस्कृत केशव नेपाली धरानका शिक्षा क्षेत्रमा अग्रणी हुन् । भौतिक शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् । त्यति मात्रै हैन, उनले त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अध्यापनसमेत गरे । धरानको विजयपुर स्कुलका संस्थापकसमेत हुन् । धरानको निजी शिक्षाको क्षेत्रका एक हस्तीसमेत हुन् । उनको स्कुले अनुभवः

नेपालीले १८ फेब्रुअरी १९४६ धर्तीमा पाइला टेके । विराटनगर-१४ मा जन्मिएका उनी त्यो बेला अहिलेको जस्तो विराटनगर थिएन । खाली ठाउहरू धेरै थिए । सानोमा जता डुले पनि हुने खाल्को खाली-खाली थियो । ६ वर्षको उमेर भएपछि हजुरआमा, आमाले स्कुल पठाउनुभयो ।

त्यो बेला अहिलेको जस्तो कापी किताब हुदैनथ्यो । कालोपाटीमा लेख्ने चलन थियो ।

कोइराला परिवारले खोलेको आदर्श विद्यालय थियो । घरबाट झण्डै डेढ किलोमिटर हिडेर स्कुल जानु पथ्र्यो । सानैदेखि अङ्ग्रेजी पढाइ हुन्थ्यो । सिसु कक्षामा पढ्दा भुर्इमै बसेर पढ्ने चलन थियो । कालोपाटीमा चकले क, ख, देखि गुणान-भागसम्म त्यसैमा हुन्थ्यो ।

मध्यमस्तरको परिवार भएकाले धेरै समय पाटी बोक्नु परेन । २-३ कक्षासम्म कालोपाटी र चक बोकेको अनुभव उनीसँग छ । कापी बोक्ने चलन आइसकेको थियो । तर, अहिलेजस्तो धेरै शैक्षिक मेटेरियल थिएन ।

पेन्सिलले लेख्नुपर्ने । कक्षामा पनि मध्यमस्तरकै विद्यार्थी थिए । गणित उनलाई एकदमै मनपर्ने विषय । मलाई इन्टूेस लाग्ने विषय । मलाइ गाह्रो लाग्ने विषय चाहिू भाषा हो ।

कक्षा ५ मा शिक्षकले कुटेको कहिल्यै बिर्सिदैनन् । त्यही कुटाइले आज यो स्थानमा आएको उनी स्मरण गर्छन् । अङग्रेजीको एउटा स्पेलिङ सोध्दा नआएकै कारणले उनले कुटाइ खानु परेको थियो । त्यो कुटाइका कारण दुई दिन ज्वरोसमेत आएको थियो ।

अभिभावकले स्कुलमा त्यही विषयलाई लिएर बबण्डर नै गरेका थिए । यो बेला हो भने मानव अधिकारको कुरा उठ्थ्यो होला । शिक्षक निकालिन्थे होला । तर, त्यो भएन । उल्टो परिवारलाई नै सम्झाइ-बुझाइ गरियो ।

स्कुलमा डरका कारण पनि उनी चक-चक गर्दैनथे । आज्ञाकारी विद्यार्थी नै थिए । परिवारको पनि आज्ञाकारी । तर, फुटबल खेल्न भनेपछि उनी सबै र्बिसिदिन्थे । खेल्नमा इन्ट्रेस थियो । तर, ठूलै फुटबलर बन्छु भन्ने मनमा आउदैन थियो ।

स्कुलमा सहपाठी दुई छात्रालाई असाध्यै मन पराउथे । तर, कहिल्यै मनको कुरा भन्न सकेनन् । सायद एकातर्फी थियो होला । त्यो बेला अहिलेको जस्तो खुलेआम भन्ने चलन पनि थिएन । चिठीपत्र कोर्ने आट पनि आएन ।

मन पराएकोमध्ये एकजनासँग धेरै पछि पनि भेट भएको थियो । त्यो बेला भन्ने कुरै भएन । कक्षाका ८-९ औं विद्यार्थी थिए । जतिसुकै पढे पनि उनी त्योभन्दा माथि उक्लिन सक्दैन थिए । २०१८ सालमा एसएलसी दिए ।

दोस्रो डिभिजनमा पास भए । ३२ जनामध्ये २५-२६ जना पास भए । त्यो स्कुलबाट नेपालबाटै बोर्ड थर्डसम्म भए । अभिभावकले उनलाई कहिले पनि पढ्पढ् भनेर कहिल्यै भनेनन् । एसएलसीको बेला उनी ४-५ घण्टा किताबमा घोत्लिन्थे ।

त्यही घोत्लाइ अहिले उनलाई शिखरमा पुर्याएको छ ।

स्कुलमा साइकल कुदाइबाट पुरस्कार थापेको कहिल्यै बिर्सिदैनन् । १४ वर्षको उमेरदेखि नै साइकलप्रति मोह थियो । मधेशमा साइकल नै साथी हुन्थ्यो । यातायातको साधन भने पनि त्यही एउटा भरपर्दो साथी ।

सानै उमेरदेखि साइकल कुदाएकाले होला स्कुलमा पनि उनले पुरस्कार जिते । अहिलेजस्तो मोटरसाइकलमा हुइकिने चलन थिएन । हिडेरै स्कुल जाने-आउने गर्थे । साइकल पनि एकादुई घरमा मात्रै हुन्थ्यो ।

अहिलेका विद्यार्थीहरू पहिलाको तुलनामा धेरै एडभान्स छन् । प्रविधि तथा इन्टरनेटका कारण उनीहरूलाई शिक्षक चाहिदैन । सबै युट्युवमार्फत् नै जान्न सक्छन् । तर पनि उनी अहिलेका विद्यार्थीहरूलाई बिहान-बेलुका २-३ घण्टा पढ्न सल्लाह दिन्छन् ।

एसएलसीपछि काठमाडौंको हालको अमृत साइन्स कलेज (साविकको पब्लिक क्याम्पस) बाट आइएस्सी सके । त्यसपछि त्रिचन्द्र कलेजबाट फिजिक्समा स्नातक सके । त्यँहाबाट उनी त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी पूरा गरे ।

एमएस्सी सकेपछि घर विराटनगर फिरे । त्यो बेला विराटनगरमा डिग्री क्याम्पस थियो । समकक्षी तीन जनाले नै स्नातकोत्तर पूरा गरेका थिए । उनीहरू जागिरका लागि महेन्द्र मोरङ क्याम्पसमा गए । तर त्यहा जागिर नभएको भन्दै फर्काइयो ।

मध्यमस्तरको भएकाले तलबबिनै काम गर्ने सोच बनाए । तीनै जनाले स्वयमसेवक प्राध्यापक बनेर काम गर्ने इच्छा जाहेर गरेपछि क्याम्पसले स्थान दियो । एकवर्ष स्वयमसेवक काम गरेपछि त्रिविले रिवार्डको रूपमा स्थायी नियुक्त दियो ।

सन् १९६७ मा हामीलाई हेरेर हैन, हाम्रो कामलाई हेरेर स्थायी नियुक्ति दियो । त्यसपछि लगातार २०४२ सालसम्म मोरङमै पढाए । त्यसपछि केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा २०४७ सालसम्म पढाए। त्यही बेला विजयपुर खोलेका थियौँ । रिजाइन हाले । अहिले रिजाइन हालेर गलत गरेको छु जस्तो लाग्छ । रिर्गेट फिल हुन्छ । किनकी एकदुई वर्षमा अवकास हुनेवाला थिए । वेतलबी बिदा बसेको भए पनि हुन्थ्यो होला ।

धेरै साथीहरूले त्यो भने पनि । तर, म छिटो डिसिजन गर्ने मान्छे । रिजाइन गरिदिए । यँहाबाट दार्जिलिङ पढ्न जाने लहर थियो । त्यो लहरलाई रोक्न पनि विजयपुर स्कुल खोलियो । पूर्णतः रोक्न सकेन । तर धेरै हदसम्म रोकियो ।

उनको विहे अचम्म गरी भएको रहेछ । एमएस्सीको फाइलन इयर चल्दै थियो । म त्यो बेला त्रिचन्द्र कलेजमा ल्याबमा काम गर्थे । बर्माबाट आएकी उनी त्यही पढ्थिन् । मन परापर भयो । घरसल्लाहमै विहे गरियो ।

अहिले छोराछोरी गरी तीन जना छन् । उनी नियमित बिहान ५ः३० मा उठ्छन् । आफै चिया पकाउछन् । खान्छन् । मुटु रोगी छन् । ट्राफिकका कारण बाहिरफेर घुम्दैनन् । घरमै जगर मेसिनमा केही समयसम्म शारीरिक व्यायम गर्छन् ।

चिकित्सककै सल्लाहअनुसार मेसिनमा व्यायम गर्ने गरेको उनी बताउछन् ।

सरकारी स्थायी जागिर चटक्कै छाडेर विजयपुर खोलेकोमा पनि उनी सन्तुष्ट नै छन् । विजयपुरकै विद्यार्थीहरू अमेरिकाका राष्ट्रपतिका सल्लाहकारसमेत बनेका थिए । यसले पनि उनलाई सन्तुष्ट मिलेको छ ।

अहिलेका विद्यार्थीहरूलाई उनी बाहिरी ज्ञान र स्कुलको ज्ञान उत्तिकै लिन सल्लाह दिन्छन् ।

शिक्षा सेवामा लामो समय सेवा गरेवापत् उनले २०५३ सालमा गोरखा दक्षिण बाहु चौथो प्राप्त गरे । यसले उनलाई जीवनमा उर्जा दिन्छ । अहिलेका विद्यार्थीलाई उनको सुझाव छ, प्रविधिले अहिले धेरै कुरा सिकाउछ ।

बुझेर पढ्दा राम्रो तर, घोकेर पढ्ने पनि बानी बसाल्नुपर्छ । कतिपय विषय यस्ता हुन्छन् नघोकिकनै हुदैन । त्यस्ता विषयहरूलाई घोक्न बानी बसाल्नु राम्रो हुन्छ । कम्तीमा २ घण्टा बिहान-बेलुका पढ्न सक्यो भने विद्यार्थीहरूले राम्रो अङ्क ल्याउन सक्छन् ।