उदयपुर/उदयपुरको मुस्लिम समुदायले मदरसाको लागि मासिक २ सय संकलन गर्न बाध्य भएको छ ।

त्रियुगा नगरपालिका वडा नं १२ गाईघाट स्थित तजविदुल कुरआन प्रावि संचालन गर्न प्रत्येक घरले मासिक २ सय रुपैया संकलन गर्दै आएको हो । सरकारले आर्थिक सहयोग नगर्दा कुरान पढाउने शिक्षकको लागि मुस्लिम समुदायले प्रत्येक घरले मासिक २ सय रुपैया संकलन गर्दै आएका छन् ।

मुस्लिम समुदायको धार्मिक विषय उर्दु वा अरेवियन भाषामा कुरान पढाउने शिक्षकको लागि विद्यार्थीको अभिभावकले महिनाको २ सय रुपैया संकलन गरि तलब दिदै आएको स्थिानिय अब्दुल हकिम अन्सारीले बताए ।

२०३५ सालमा स्थापना भएको अझै स्तर उन्नती हुन सकेको छैन ।

चार शिक्षकको दरबन्दि भएपनि हाल दुइ जनाले पठन पाठन गर्दै आएको अन्सारीले बताए । मदरसामा धार्मीक शिक्षकको लागि शिक्षकलाई खाना खाजाको व्यावस्था दैनिक फरक फरक घरका अभिभावले पाल्दै आएको अन्सारीले बताए ।

नेपालमा पनि मुस्लिम समुदाय निकै भएपनि कुरान प्रावि निमावि भन्दा माथि अध्ययन गर्न नसकि विदेशीने प्रवितिले उर्दु र अरेवीयन भाषामा लेखिएको कुरान पढाउन शिक्षक भारतबाट ल्याउनु बाध्य भएको अन्सारीले बताए ।

कक्षा तीन सम्म पढाई हुने मदरसामा ७० जना भन्दा बढी विद्यार्थीहरुले अध्ययन गर्दै आएको धार्मीक शिक्षक सम्साद अलामले बताए । दुई समयमा पढाई हुने मदरसामा विहान तीन घण्टा र बेलुका दुई घण्टा मात्र पढाई हुने गरेको अलामले बताए ।

विहान ६ बजे बाट ९ः३० बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म कक्षा संचालन गर्दै आएको छ ।

दिउँसो १० बजे देखि सरकारी विद्यालय संचालन हुने भएकोले दिउँसो पढाई नहुने आलममले बताए । तर कुनै चाडवाड र विदा, दिवसमा भने मदरसा कक्षा दिन भरिनै संचालन हुने आलमले बताए । मुस्लिम समुदायको महान चाड रमजानमा मात्र एक महिना विदा हुने र शुक्रबार साप्ताहिक विदा हुने गरेको आलममले बताए ।

विद्यार्थीहरु मदरसामा तीन पास गरेपछि सरकारी विद्यालय पढ्न बाध्य छन् । उच्च शिक्षा हासिल गर्न विदेश जानु पर्ने बाध्यताले कुरान तीन कक्षामै सिमित हुने मदरसा व्यावस्थापन समितिकी अध्यक्ष समना खातुनले बताईन् ।

आर्थीक स्थित नाजुक भएको मुस्लिम समुदायका परिवारले इच्छाएरपनि कुरानको उच्च शिक्षा हासिल गर्न नसकेको खातुनले बताईन् । ४० वर्ष वितिसक्दा समेत मदरसाको स्तर उन्नती नहुदा उच्च शिक्षाबाट बंचित भएको खातुनको भनाई रहेको छ । तर आगामि वर्ष कक्षा स्तर उन्नती गर्ने खातुनले बताईन् ।

जिल्लाकै सबै भन्दा पुरानो र पहिले स्थापना भएको मदरसाले अझै प्रगति गर्न सकेको छैन । सरकारले चासो नलिदा पछि परेको अभिभावक मोहमद कलमले बताए । शिक्षामा पटक पटक सहयोगको माग गर्दै गएपनि शिक्षक मात्र पठाई दिएको आर्थिक सहयोग नगरेकोेले मदरसा अफ्टेरोमा परेको कलमले बताए ।

कलमको अनुसार मुस्लिम समुदायको धार्मीक ग्रन्थ कुरान उर्दु वा अरेवियन भाषामा लेखिने भएकोले नेपाल सरकारले मान्यता नदिदा मदरसा धरापमा परेको आरोप लगाएको छ । छिमेकी देश भारत सँग तुला गर्दै सबै भाषा, धर्म र जातिलाई उतिकै समान गर्नु पर्नेमा नगरेको कलमले बताए ।

विद्यार्थी भएपनि भवर कक्षा गत शिक्षकको अभावमा कक्षा थप गर्न नसकिएको पनि कलमले बताए । उनले भने सरकारले केहि सहयोग गरे हामी कक्षा थपन सक्थ्यौँ ।  कुरान अध्ययन गर्न विदश जानु पर्ने वा सरकारी विद्यालयमा पढ्न बाध्य भपनि आर्थिक स्थितिले गर्दा वैदेशीक रोजगारीमा जान बाध्य छन् ।

मुस्लिम समुदायको पुरुषहरु विदेश र महिलाहरु विवाह गर्न बाध्य रहेको खातुनले बताईन् ।