इटहरी । वर्षेनी वैशाख ३ गते इटहरीमा लाग्ने ट्याङ्ग्रा मेला आज पनि भव्य रुपमा लागिरहेको छ । विशेष गरी ट्याङ्ग्रा धाममा वैगुन र घोडाफूल चढाउने परम्परा रही आएको छ । त्यस धाममा बैगुन चढाउदा खास गरी हात गोडामा आएको मुसा (एक प्रकारको छाला रोग) हटेर जाने जन विश्वास रही आएको छ ।

ट्याङ्ग्रा धार्मिक मेलामा हजारौ मानिसले बैगुनको भार चढाई शरीर स्वस्थ होस भन्दै घाउ खटिरा समेत नआओस भन्ने कामना गर्ने गरेको पाइन्छ । कतिपय सिरुवा धार्मिक तीर्थस्थलमा दुध बैगुनको भार फूलघोडामात्र चढाउने परम्परा रहेको छ भने कतिपय स्थानमा परेवा बोका पाठा हाँस लगायतका पशु पन्छी समेतको बली चढाएर भूमिदेवको पूजा गर्ने परम्परा रहेको पाईन्छ । विशेषगरी थारु समुदायले नयाँ बर्षको सुख शान्ति र आफुभन्दा मन्यजनको सम्मान गर्ने धार्मिक पर्वका रुपमा पनि यसलाई विशेष महत्व दिएर मनाउने गरेको पाईन्छ । यो सिरुवा धार्मिक एवम सांस्कृतिक पर्वको मुख्य प्रसादका रुपमा अण्डी धानको भूजा जुलेवी मिठाई प्रयोगमा आउने र हरेकले घर फर्कदा कोशेलीका रुपमा पनि यी खाने परिकारकै प्रयोग गर्ने परम्परा रहेकाले सिरुवा मेलामा यसको अधिक प्रयोग हुने गरेको देखिन्छ । पछिल्लो समययमा यो धार्मिक एवम सांंस्कृतिक पर्वलाई नेपाली पहाडे समुदायका मानिसले पनि विशेष पर्वका रुपमा लिएर मनाउन लामबद्ध भएर धार्मिक तीर्थस्थलमा बैगुनको भार बोकेर सहभागि भई रहेका देखिने गरेका छन । पछिल्लो समयमा नेपाली भूमिमा मनाईने जुन सुकै धार्मिक वा सांस्कृतिक पर्वहरु सवैको साझा पर्व सस्कृतिका रुपमा लिन थालिएकाले यस्ता धार्मिक एवम सांस्कतिक पर्वहरु विशेष जाती वा समुदायकोमात्र सिमित नभएर सवैको साझा बन्दै जानुले नेपाली सवैमा एक आपसमा एकताको सन्देश बढ्दो अवस्थामा विकास भई रहेको उदाहरण समेत बनिरहेको छ सिरुवा धार्मिक एवम सांस्कतिक पर्वमा ।