Trending Tags

फाेटाे फिचर

    Showing ९१-१०० of १७१ items.
  • धार्मिक पर्यटकीय क्षेत्र बन्दै गौशला

    इटहरी । सुन्दरहरैचा नगरपालिका वडा नं ५ बलिया चौकबाट एक किमी भित्र रहेको नयाँ बृन्दाबन गौशाला धार्मिक पर्यटकीय गन्तब्य बन्न थालेका छ । दाताहरुले दिएको दानबाट अहिले पर्यटकीय क्षेत्र गौशला अहिले पर्यटकहरु रमाउँने स्थानको रुपमा विकास हुन थालेको हो । पर्यटकहरुलाई आर्कषण गराउँन अहिले यस क्षेत्रमा भौतिक निमार्णको काम समेत भईरहेको राधेश्याम सेवा ट्रष्ट नयाँ बृन्दाबन गौशालाका संथापक संरक्षक दीनबन्धु शास्त्रीले जनाए ।२०६५ सालबाट सुरु भएको नयाँ बृन्दाबनले पर्यटकहरुको मन लोभ्याउँन थालेको उनी बताउँछन । ‘हामी यस नयाँ बृन्दाबनलाई पर्यटकहरुको आर्कषक केन्द्र बिन्दु बनाउँने तरखरमा छौं ।’– उनले

    • प्रकाशित मितिः पुष ९, २०७६
    • ५९४ पटक पढिएको
    • धनबहादुर पुरी
  • माङ्मालुङ ओझेलमा

    दमक/ पश्चिम इलामको माङसेबुङ गाउँपालिका–२ र ६ को सङ्गम स्थलमा पर्छ माङमालुङ । यो ठाउँ इलाम जिल्लामा रहेका विभिन्न पर्यटकीय स्थलहरूमध्ये एक प्रसिद्ध ऐतिहासिक धार्मिक पर्यटकीय स्थल हो । माङमालुङ इलाम सदरमुकामदेखि करिब १५ कोष पश्चिममा अवस्थित छ । धार्मिक तथा पर्यटकीय महŒव बोकेको माङमालुङ समुद्री सतहबाट २ हजार १ सय मिटरको उचाइमा पर्दछ । प्राकृतिक सुन्दरताले भरिपूर्ण माङमालुङ पश्चिमी इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को सङ्गमस्थलमा अवस्थित छ । करिब १५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको माङमालुङको छुटै मौलिक पहिचान र चिनारी रहेको छ । माङमालुङ ऐतिहासिक, प्राकृतिक, पुरातात्वि

    • प्रकाशित मितिः पुष ३, २०७६
    • ५४० पटक पढिएको
    •  भूमिराज पराजुली
  • सुन्तला नर्सरी अनुगमन

    उदयपुर/ कृषि विभागले नष्ट गर्न निर्देशन दिएको एक सुन्तला नर्सरीलाई स्थानीय सरकारले अनुगमन गरेको छ । गत कात्तिकको दोस्रो हप्ता कृषि विभागले विभिन्न कारण देखाउँदै नर्सरी नष्ट गर्नुपर्ने सुझाव दिएको कोलबारी सुन्तला जात नर्सरी रौतामाई गाउँपालिका र वडाले अनुगमन गरेको हो । रौतामाई गाउँपालिका–४ सल्लेमा कृषक टेकबहादुर पाठकले करिब १५ वर्षदेखि नर्सरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा सुन्तलाको नर्सरी उत्पादन गर्दै आएका छन् । कृषिले नर्सरी नष्ट नै गर्नुपर्ने भने पनि पालिकाका जनप्रतिनिधिहरूले नर्सरी अनुगमन गरेपछि तत्काल नष्ट गर्नु नपर्ने जनाएका छन् । नर्सरीमा कुनै त्यस्तो गम्भीर प्रकृतिको रोग लागेक

    • प्रकाशित मितिः पुष ३, २०७६
    • ७१६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा विकासको गति र पत्रकारिता

    पत्रकारितालाई बौद्धिक व्यवसाय मानिन्छ । समाजमा शिक्षाको विकास जति चाँडो हुन्छ । यस्ता व्यवसाय अपनाउनेहरूको सङ्ख्यामा पनि वृद्धि हुँदै जान्छ । समाचार पत्र पढ्ने बानी एक प्रकारको अम्मल जस्तै हो । त्यसैले दैनिक समाचार पत्र पढ्ने बानी भएकाहरू बिहानै पत्रिका किन्न निस्कन्छन् । धरानको उत्पत्तिको इतिहास १५० वर्ष भन्दा पुरानो छैन । यहाँ आर्थिक विकासका गति सुस्त भए पनि शैक्षिक विकासको गति भने चुस्त नै छ । वि.सं. २००३ सालमा पब्लिक हाइस्कुलको स्थापना शैक्षिक क्षेत्रमा गरिएको प्रगतिको प्रथम प्रयास हो । त्यसपछि २००८ साल मङ्सिर २७ गते पिण्डेश्वर संस्कृत विद्यालयको स्थापना भएर तत्कालीन राजा त्रिभुवनबाट उद्घा

    • प्रकाशित मितिः पुष २, २०७६
    • ७६७ पटक पढिएको
    • गोविन्द तिमिल्सिना
  • सम्झेर एक गीतकार साथीलाई

    सूचना र प्रविधिले ल्याएको यो चमत्कारले संसार ‘ग्लोबल भिलेज’भएर ‘भर्चुअल रिलेसन’सम्म अहिले हामीले सुविधाभोग गरिरहेका छौं । यसै सिलसिलामा नेपाली मुलकी हाल ‘क्यालीफोर्निया, यु.एस.ए. बस्दै गीत, कविता लेखेर नेपाली साहित्यलाई श्रीवृद्धि गर्न लागि परेकी एक स्थापित नाम राखी गौचनसित मेरो सामाजिक सञ्जालमा मित्रता बन्यो र यो मित्रता आत्मिय बनेर झाँगी रहेछ । मानवीय मूल्यहरू अर्थपूर्ण दृष्टिले खोतल्ने जमर्काे गरिरहेछु र यो क्रमजारी छ । अब प्रश्न उठ्छ, राखी गौचन कस्ता गीत लेखिन्छन् त ? त्यतातिर फूलबुट्टा भर्नु भन्दा पनि गीतका अनुरागी र पारखीले नै साक्षी स्वरूप यहाँ प्रस्तुत ग

    • प्रकाशित मितिः पुष १, २०७६
    • ९७६ पटक पढिएको
    • सन्तोष थेबे
  • ढल्यो बाम गढ

    धरान/ सङ्घाई उपनामले परिचित धरानलाई प्रजातान्त्रिक दलले ६ दशकपछि भत्काउन सफल भएको छ । बाम नेता केदारनाथ खनालले २०१७ सालमा पहिलो पटक मेयरमा निर्वाचित भएपछि वीजारोपण भएको ‘बाम किल्ला’ लाई तिलक राईको नेतृत्वको नेपाली काङ्ग्रेसले तोड्न सफल भएको हो । पहिलो पटक बाम विरासत तोड्ने क्रममा नेकपाका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले काङ्ग्रेस उम्मेदवार तिलक राईले पराजित गरे । तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्दा प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गरे । तिलक राईले धरानमा ऐतिहासिक जित हासिल गरेका छन् । जुन २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर तारा सुब्बाले ल्याएको म

    • प्रकाशित मितिः मंसिर १७, २०७६
    • १,१४५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खसेको अनुमान (फाेटाे फिचर)

    धरान उपमहानगरपालिकाको मेयर र ७ नं. वडा अध्यक्षको मतदान शान्तिपूर्ण सकिएको छ । निर्वाचन अधिकृतको कार्यालय धरानका अन्ुसार मतपेटीका जम्मा हुने काम भइरहेको छ । कार्यालयले आधिकारीक संख्या सार्वजनिक गरेको छैन् ।बिहान ७ बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । सहायक निर्वाचन अधिकृत निधीराज दाहालको प्रारम्भिक जानकारी अनुसार ५८ देखि ६० प्रतिशत मत खसेको बताएका छन् । धरानमा २८ मतदानस्थलमा ९९ मतदान केन्द्र रहेको थियो । यसअघि २०७४ सालको निर्वाचनमा ७९ हजार २ सय ८२ मतदाता थिए । अघिल्लो निर्वाचनमा ५३ हजार ५ सय ४७ मत खसेको थयो ।

    • प्रकाशित मितिः मंसिर १४, २०७६
    • ५११ पटक पढिएको
    • ब्लाष्ट खबर
  • पहिलेको चुनाव, अहिलेको चुनाव

    नेपालका विभिन्न ठाउँमा खाली रहेका स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका लागि हुन लागेको उपनिर्वाचनको मौन अवधि शुरु भइसकेको छ । निर्वाचन आचार संहिता अनुसार यो समयमा दलहरूले आमसभा गर्न, मत माग्न वा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाउँदैनन् । तर, नेपालकै निर्वाचनको इतिहास केलाउने हो भने पहिले निर्वाचनकै दिन पनि आमसभा हुन्थे । अहिलेको निर्वाचनमा दलहरुले आमसभा, पोष्टर, पम्प्लेटदेखि सञ्चार माध्यम हुँदै सामाजिक सञ्जालसम्म प्रचार गरे । तर, पहिले न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै । त्यसबेला मतदाता आकर्षित गर्न रमाइलो शैलीमा पम्प्लेट छापिन्थ्यो । नेपालमा राणाशासनकै समयमा २००४ सालमा

    • प्रकाशित मितिः मंसिर १३, २०७६
    • ९८१ पटक पढिएको
    • गोपाल दाहाल
  • ‘धरानको विकासका लागि केन्द्रसँग जोड्ने काम गरेको छु’

    १) हिजो आज विशेष गरी केमा व्यस्त हुनुहुन्छ ?.सुनसरी क्षेत्र १ स्थित धरान उपमहानगरपालिकाको उपनिवार्चन तयारी भइरहेको छ । यही सन्दर्भमा आम मतदाताहरूसँग अन्तक्र्रिया गर्ने र धरानमा भइरहेको विकाश निर्माण प्रतिको गुनासो र जनताको चाहना के छ ? जनप्रतिनिधि र हामीप्रति जनताले के कस्तो अपेक्षा गरेका छन् त ?भन्ने कुरा बुझ्न धरानको प्रत्येक वडाहरूमा जाने, जनताको गुनासो सुन्ने, आगामी दिनमा विकाश निमार्णका कामहरू कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भमा म जनताहरूसँग आम मतदाताहरूसँग भेटघाट तथा छलफल गर्ने कार्यमा नै अहिले मेरा दिनहरू बितिरहेका छन् । २) तपाईं माननीय भए पछि सुनसरी क्षेत्र क्षेत्र न. १ को विकाश न

    • प्रकाशित मितिः मंसिर १०, २०७६
    • १,३८८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सङ्गीतकी अथक योद्धा मथुरा

    धरान/ मथुरा प्रधान श्रेष्ठको छाया युवापुस्ताको मानसपटलमा सायदै होला । तर, जब ‘यो जीवनको परिधिभित्र, बाँधिएर कति बाँचिदिनु’ बोलको राष्ट्रिय भावनाले ओतप्रोत गीत गुञ्जिन्छ, ६० का दशकसम्मका युवापुस्तालाई मथुरा श्रेष्ठ चिनाइरहनु पर्दैन । २०३९ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । हो, यही गीतकी स्रष्टा जो हाल वेलायतमा बसिरहेकी छन् । गायिका मथुरालाई कालजयी बनाउने गीतहरूमध्येको यो एउटा गीतले पनि त्यो बेला मथुरालाई चिनाइरह्यो । कलिलै उमेरमा सङ्गीतको नसाले उनलाई चाप्यो । पाँचथरको यासोकमा जन्मिएकी मथुरालाई सङ्गीतमा डोर्याउनमा भने काका विष्णुकुमार प्रधान जो त्यो बेलाका प्रख्यात व्यक्ति थिए

    • प्रकाशित मितिः मंसिर ४, २०७६
    • ५९८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved