धरान / सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव धरानमा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६ बजेदेखि यही चैत १८ गते साँझ ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।

बिहानै देखि चहलपहल हुने धरानको धानुचोक, वीपी प्रतिष्ठान गेट आज विहानैदेखि सुनसान छ । केही औषधी पसल बाहेकका अन्य पसलहरु बन्द छन् । बन्द नभएका पसलहरु पनि प्रहरीले मोटरसाइकलमा गस्ती गदैं बन्द गराएका छन् ।

सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै आएका छन् । पसल बन्द गरेर घरमा बस्न सबैलाई भनिएको छ ।

luckdown 1 5 2 3 3 2 6 2 4 2 5 2 7 2 8 1 9 1