भारतको कर्नाकट,पञ्जाप र दिल्लीमा गरि ४ जनाको कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गइसकेको छ । पारिपट्टि संक्रमण देखिएपछि नेपालमा त्रास बढ्नु अस्वाभाविक होइन । तर, जोखिमलाई नजरअन्दाज गर्दै दुई देशका नाकामा आवतजावतभने निर्वाद रुपमा चलिरहेको छ । पूर्वका काँकरभिट्टा, जोगमनी, कुनौलीलगायतका ठूला नाकाबाट हजारौ मानिस दैनिक आवतजावत गरिहेका छन् । सिमानाकाबाट ओहोरदोहोरले भारतमा फैलिएको कोरोना नेपालमा नआउन भन्न सकिने अवस्था छैन् ।

kakarvitta1

काँकरभिट्टा नाकाबाट दैनिक सरदर ६ हजारदेखि १३ हजार मानिस नेपाल आइरहेका छन् । विहीबार १३ हजार ६ सय ३२ जना नेपाल आए । शुक्रबार ८ हजार ६ सय ६१ जना नेपाल प्रवेश गरेका थिए । दैनिक हजारौ मान्छे हुल बाँधेर भारतबाट भित्रिँदै छन् । नाकामा चेक गर्ने संयन्त्र फितालो छ । कर्मचारीहरुका लागि स्वय सुरक्षा चिन्ता छ । २५ जनाभन्दा बढी भिड नलाग्न आह्वान गरेको सरकारले त्यसको व्यवस्थापनमा ध्यान दिएको छैन । ठेलमठेल लाइनमा उभ्याएर सीमित साधनस्रोतले उनीहरूको चेकजाँच भइरहेको छ । स्वास्थ्य परीक्षणका नाममा भारतबाट आउनेहरूको सामान्य ज्वरो नापेर नेपाल छिर्न दिइएको छ । कतिपय नाकामा त ज्वरो नाप्ने थर्मोमिटर र स्वास्थ्यकर्मी समेत पर्याप्त छैनन् ।

12

corona_kakarbhita kakarvitta6 kakarvitta5 kakarvitta3 kakarvitta2 kakarvitta4