श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल मङ्सिर १९ गते शुक्रबार, ५ डिसेम्बर २०२५, सिद्धार्थीनाम संवत्सर। पौष कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०१ः४५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रोहिणी १२ः०२ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०६ः३९ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। लगनशीलताले सङ्कल्प पूरा गर्न सकिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नतिजा सच्याउन काम दोहो¥याउनुपरे पनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। आलोचकहरूले प्रशंसा गर्नेछन्।  

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै हुनेछ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

विभिन्न भौतिक साधन जुट्नेछन् । समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा साथ दिनेहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खर्चिलो समय रहेकाले रकम जोगाउन प्रयास गर्नुहोला। किनमेलमा खर्च बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत् धन जुटाउन सकिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफन्तबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काम प्रारम्भ गर्न समयले साथ दिनेछ । प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भविष्यका लागि रुचिका विषयमा लगानी बढाउन सकिनेछ।  काममा अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पु¥याउनु होला।