विवयपुर । सुनसरी क्षेत्र नं। १ मा भएको प्रतिनिधि सभा सदस्यको मतगणना अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क राज राईले ५ हजार ६५३ मतले अग्रता लिएका छन् ।
राईले १६ हजार ९६४ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ११ हजार ३११ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिष्ट पार्टीका सूर्य बहादुर भट्टराई २ हजार ६६० मत प्राप्त गरेका छन् । एमालेका टिकाराम लिम्बुले २ हजार ५०२ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका सुजेन्द्र तामाङ १ हजार ८१० मत प्राप्त गरेका छन् ।































