विजयपुर । प्रतिनिधि सभा सदस्यमा धनकुटाबाट एमालेका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएका छन् ।
राईले १८ हजार १३२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरे ।
उनलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरे ।































