विजयपुर । नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नं. ३ की उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको प्रतिक्रिया दिएकी छन् ।
उनले रास्वपा उम्मेदवार सोविता गौतमलाई फेसबुकमा लेखेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ उनले थप लेखेकी छन्, ‘आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप विकास र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ रेनुले फेसबुकमा लेखेकी छन्, ‘यो सुनामीको लहरमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरुप्रति म ऋणी छु । तपाईंहरूको यो गुन मैले कहिल्यै बिर्सने छैन ।’
चितवनबासीको मत पक्कै खेर जानेछैन । आगामी दिनमा कामद्वारा जनतामा खुशीयाली र चितवनको थप विकास र समृद्धीका लागी शुभकामना दिएकी छन् । उनले ‘सुनामीको लहरमा पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पुर्ण मतदाताहरु प्रति म ऋणी छ’ लेखेकी छन् ।
































