विजयपुर । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले ५ हजार ५१ मतले अग्रता लिएका छन् ।

हालसम्म ३२ हजार ७५३ मत गणना गर्दा राईले १४ हजार ५१२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) ले ९ हजार ४६१ मत प्राप्त गरेकी छन्। राई र तामाङबीच हाल ५ हजार ५१ मतको मतान्तर रहेको छ। यस्तै, नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले २ हजार ३१९ मत, नेकपा (एमाले) का टिकाराम लिम्बुले २ हजार १३१ मत र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ५५३ मत प्राप्त गरेका छन्।