विजयपुर । सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका हर्कराज राईले अग्रता कायमै राखेका छन् ।
हालसम्म गणना भएको कुल २३ हजार १८८ मतमध्ये ८ हजार ६८० मत प्राप्त गरी अग्रता कायमै राखेका हुन् । निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) ले ७ हजार ४७२ मत प्राप्त गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले १ हजार ७ सय ५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका टिकाराम लिम्बूले १ हजार ४८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ हजार २५४ मत प्राप्त गरेका छन् । जसमा कुल २२ हजार २५ मत सदर छ भने ११५९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
































