विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका हर्कराज राई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतगणनामा साम्पाङले १५ हजार ६३९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ९ शरिन० ले १० हजार १८ मत ल्याएकी छन्। दुवैबीचको मतान्तर ५ हजार ६२१ रहेको छ।
नेपाल कम्युनिष्ट पार्टीका मनोज भट्टराई ले २ हजार ४३६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सुजेन्द्र गोले ले १ हजार ६१६ मत पाएका छन्। नेकपा ९एमाले० का टिकाराम लिम्बू ले २ हजार २६८ मत प्राप्त गरेका छन्।































