राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा–५ बाट निर्वाचित भएको प्रमाणपत्र बुझेका छन्। शनिबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा उनले विजयी प्रमाणपत्र ग्रहण गरेका हुन्।
झापा–५ मा भएको प्रतिनिधिसभा निर्वाचनमा शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरेका छन्। शनिबार साँझ सम्पन्न मतगणनाअनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका हुन्।
पहिलो पटक संसदीय चुनाव लडेका शाहले इतिहासकै धेरै मत प्राप्त गरेको उल्लेख गरिएको छ। २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि विस्थापित बनेका ओलीकै क्षेत्रमा शाह चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।































