विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का लाल बिक्रम थापाले फराकिलो अग्रता कायम गरेका छन्।

हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार थापाले २५ हजार ९३३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजीव कोइरालाले ८ हजार २३१ मत प्राप्त गरेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका चेतन राईले ३ हजार ७२९ मत ल्याएका छन् भने नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सुजन लामाले ३ हजार ४९४ मत प्राप्त गरेका छन्।