विजयपुर । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले एघार सय मतले अग्रता लिएका छन् ।

हालसम्मको मत गणना अनुसार उनले १ हजार १५३ मतको अग्रता बनाएका हुन् । राईले ५ हजार ३६७ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार शेरधन राईले ४ हजार २१४ मत प्राप्त गरेका छन् भन्ने जानकारी भोजपुरका पत्रकार प्रमित राईले दिए । यस्तै, नेपाली कांग्रेसका बालकृष्ण थापाले २ हजार ३०७ मत ल्याएका छन् । नेपाली कम्युनिष्ट पार्टीका अजम्बर राई काङमाङले २ हजार ४९७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले १ हजार ५७७ मत प्राप्त गरेका छन् ।