विजयपुर । सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले मतान्तर बढाएका छन् ।
हालसम्म कुल २४ हजार ९८१ मत गणना गर्दा श्रम संस्कृतिका राईले १० हजार ९७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले ७ हजार ९२९ मत प्राप्त गरेकी छन् । राई भन्दा तामाङ २ हजार १६८ मतले पछाडी छिन् । नेकपाका सुर्यबहादुर भट्टराई (मनोज) ले १ हजार ७७९ मत, नेकपा एमालेका टिकाराम लिम्बूले १ हजार ६३७ मत र नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ हजार ३०५ मत प्राप्त गरेका छन् । १ हजार २१६ मत बदर भएको छ भने बाँकी मत अन्यले प्राप्त गरेका छन् ।
































