विजयपुर । प्रतिनिधि सभा सदस्यको जारी मतगणनाअनुसार धनकुटामा नेकपा एमालेका राजेन्द्र राईले फराकिलो अग्रता लिएका छन् ।

हालसम्म सम्पन्न कुल ४१ हजार ८२६ मत गणनामा एमालेका राईले १२ हजार ५५२ मत प्राप्त गरेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवारले ८ हजार ६४ मत प्राप्त गरेका छन् । एमालेका राईले निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका उम्मेदवारभन्दा ४ हजार ४८८ मतले अग्रता लिएका हुन् । नेपाली कांग्रेसका दिनेश राईले ७ हजार ६८९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बिभत्सु थापाले ६ हजार ९५६ मत, नेपाली कम्युनिष्ट पार्टीका धर्मराज पौडेलले १ हजार ३३८ मत प्राप्त गरेका छन् । कुल खसेको मतमध्ये ३८ हजार ७२० मत सदर भएको छ भने ३ हजार १०६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका, साङ्गुरिगढी गाउँपालिका, महालक्ष्मी नगरपालिका, छथर गाउँपालिका र पाख्रिबास नगरपालिकाको मतगणना सकिएको छ । सहिदभूमि गाउँपालिका र धनकुटा नगरपालिकामा मात्र मतगणना जारी रहेको छ ।