Trending Tags

निर्वाचन खबर

    Showing १-१० of २३८ items.
  • विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्रका उम्मेदवार विजयी

    विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह विजयी भएका छन् ।  ७१६ मत ल्याएर साहले वडाअध्यक्षमा जितेका हुन् । जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्रबाट ‘लालटिन’ चुनाव चिन्ह लिएर उठेका थिए । जसपका उम्मेदवार दिनेश कुमार यादबलाई ६८ मतले पछि पार्दै साहले वडाअध्यक्षमा जितेका हुन् । निकटतम प्रतिस्पर्धी यादबले ६३८ मत ल्याएका छन् । १८ मा स्वतन्त्रबाट थप दुइ जना विजयी भएका छन् । स्वतन्त्रबाट गौरव मण्डल र ढुरीया यादव विजयी भएका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ८१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरानमा गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै

    धरान। धरानमा गठबन्धनले नै अग्रता कायम गरिरहेकाे छ ।निर्वाचन अधिकृत कार्यालय अनुसार हालसम्मकाे मतदानमा  गठबन्धन उम्मेदवार किशाेर राईले ३हजार ६ सय ४५ मत प्राप्त गरेका छन् । एमालेकाे किल्ला मानिएकाे धरानमा ८सय मतान्तरले राई अगाडी छन् ।एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले २ हजार ८ सय ९५ मत प्राप्त गरेकी छन् । यता स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले २ हजार ७ सय ३९ म प्राप्त गर्दै एमाले र गठबन्धनलाई पछ्याइ रहेका छन् ।उपप्रमुखमा गठबन्धन दलकै अाइन्द्र विक्रम बेघाले करिब ५ सय मतान्तरले एमालेका उम्मेदवार पदम इस्वाेलाई पछि पारेका छन् । वेघाले ३ हजार ९ सय ५२ मत ल्याउदा इस्वाेले ३ हजार ४ सय ७६ म

    • प्रकाशित मितिः जेठ २, २०७९
    • २५९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • मोरङको जहदामा माओवादीको विजयी सुरुवात, वडाअध्यक्षमा सूर्यनारायण मण्डल निर्वाचित

    विराटनगर । मोरङको जहदा गाउँपालिकाको ६ नं. वडामा माओवादी केन्द्रका उम्मेदवार सूर्यनारायण मण्डल वडाअध्यक्षमा विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार मण्डलले ४ सय २ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका जगदिश सिंहले ३सय ५२ मत मात्र प्रात गरे ।जहदा गाउँपालिकाको २ र ५ नम्बर वडा अहिले गणाना भइरहेको छ । जहदाको २ नं. वडामा पनि माओवादीका उम्मेदवार सुरेश हेमरनले ८७ मत अन्तरले अग्रता लिएका छन् ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ५७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • भोजपुरको साल्पा सिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ बिजयी

    भोजपुुर । जिल्लाको साल्पा सिलिछो गाउँपालिका अध्यक्षमा एमालेबाट बिद्रोह गरेका स्वतन्त्र उम्मेदवार दौलथ कुलुङ बिजयी भएका छन् । नेकपा एमालेले टिकट नदिएपछि धारा चिन्ह लिएर चुनाव लडेका कुलुङ १८१४ मत ल्याई बिजयी भएका हुुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका महेश राईले १ हजार ७ सय ८६ मत ल्याउँदा एमालेका शान्ति बहादुुर अधिकारी १ हजार ३ सय ८३ मत प्राप्त गरे । उपाध्यक्षमा भने काङ्ग्रेसकी अस्मिता कुलुङ १ हजार ८ सय ६२ मत ल्याई जित हासिल गरेकी छिन् ।  उता जिल्लाको हतुुवागढी गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष जित्दा उपाध्यक्ष भने सत्ता गठबन्धन दल माओवादीबाट उम्मेदवार बनेकी सुुनिता किरातीले बाज

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ६९ पटक पढिएको
    • सन्देश किराती
  • विराटनगरमा २ वडाको नतिजा सार्वजनिक, जसपा र एमालेको विजयी सुरूवात

    विराटनगर । विराटनगर महानगरपालिकाको दुई वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन कार्यालयले विराटनगरले दिएको जानकारी अनुसार विराटनगर १७ मा जनता सामजावादी (जसपा) का उम्मेदवार  समिम कमर र विराटनगर १९ नेकपा एमालेका उम्मेदवार श्याम घिमिरे निर्वाचित भएका हुन् ।जसपाका कमरले १ हजार ४ सय ५० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका असलम आलमले ९४५ मत ल्याए । कमरले प्रतिस्पर्धी आलमलाई ५ सय ५ मत अन्तरले पछि परेका हुन् । आलम जसपा परित्याग गरि स्थानिय तहको निर्वाचन अगाडी मात्र काँग्रेसमा प्रवेश गरेका थिए । उनी निर्वतमान वडाअध्यक्ष पनि हुन् । अघिल्लो स्थानिय त

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १०६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान-४ मा एमालेका धन बहादुर राईको प्यानल नै विजयी

    धरान । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान ४ नम्बरमा एमाले प्यानलका धन बहादुर राईको टिम नै विजयी बनेको छ । कार्यालयका अनुसार धन बहादुर राईले ८ सय २६ मत प्राप्त गर्दै विजयी बनेका हुन् । राईले ८ सय २६ मत प्राप्त गर्दा माओवाद केन्द्रका अध्यक्ष पदका उमेदवारले ६ सय १२ मत पाएका छ्न् । एमालेका महिला सदस्यले ८सय२१, दलित महिला सदस्यले ८सय१३  खुल्ल सदस्य एउटा चिन्हमा ८ सय ३ र दुईवटा चिन्हमा ७सय२४ मत खसेर विजयी भएका छ्न् । माओवाद केन्द्रका महिला सदस्यले ५सय५१, दलित महिला सदस्यले ५सय३६ र खुला सदस्य एउटा चिन्हमा ५सय८१ र दुईवटा चिन्हले  ४सय५४ मत प्राप्त गरेका छ्न् ।

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १८४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • वेलवारी १ मा कांग्रेसको प्यानल विजयी

    बेलबारी । नेकपा एमालेको पकड क्षेत्र मानिएको बेलबारी १ नम्बर वडामा नेपाली कांग्रेसको     प्यानल बिजयी भएको छ ।बेलबारी १ को अध्यक्षमा मणि पुलामी मगर बिजयी भएका हुन् ।खुल्ला वडा सदस्यमा बाबुराम खड्का,चन्द्र प्रकाश बस्नेत ,खुल्लामहिला वडा सदस्यमा सन्चमाया लिम्बु र दलित महिला सदस्य तर्फ हिमादेवी विश्वकर्मा सहित पुरै प्यानल बिजयी भएको हो ।सुरुवात देखीनै बलियो उम्मेदवारको रुपमा चर्चामा रहेका मगरले निवर्तमान वडाध्यक्ष तथा एमालेका वडाध्यक्षका उम्मेदवार चक्र बहादुर खुलाललाई फराकिलो मतान्तरले पराजित गारेका छन । 

    • प्रकाशित मितिः जेठ १, २०७९
    • ९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बराहक्षेत्रमा हसिया हथौडामा आएको मत रूख गन्न माग गरेपछि मतगणना स्थगित

     बराहक्षेत्र नगरपालिकामा मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसले रूखमा गन्न माग गरेपछि मतगणना स्थगित भएको छ । वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला माओवादी केन्द्रले  उम्मेदवार नै नउठाएको मेयरको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भटिएपछि  उक्त भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि विवाद सिर्जना भएकाे थियाे । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट मेयरमा का

    • प्रकाशित मितिः जेठ १, २०७९
    • २९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान अपडेटः ५ हजार ६ सय मत गणना हुँदा किशोर राईकाे अग्रता कायमै

    धरान उपमहानगरपालिकाको १, २, ३ र ४   काे ५ हजार ६०६ मत गन्दा प्रमुखमा गठबन्धनबाट काँग्रेसका उमेदवार किशोर राईले २०५७ मत पाएका छन् भने  स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले १४४९ मत पाएका दाेस्राे स्थानमा रहेका छन् ।  एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ११०५ मत पाएर तेस्राे स्थानमा रहेकी छिन् । त्यस्तै उपमेयरमा  गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले २२१९ मत पाएका छन् ।  एमालेबात उपमेयर उम्मेद्वार पदम इस्वोले १३५४ मत पाएका छन् । उनले वडा १ बाट ३२०, वडा २ मा ३७५ र वडा ३ मा ४९७ मत पाएका छन् । वडा ४ को २ सय मतगणना हुदा उनले ९८ मत पाएका छन् । १, २ र ३ काे

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १,६६७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • धरान १ मा झिनो मतान्तरले कांग्रेसका अध्यक्ष विजयी

    धरान । धरान १ मा झिनो मतान्तरले गठबन्धन प्यानलै विजयी बनेको छ ।पब्लिक हाईस्कुलस्थित निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार धरान १ नम्बरमा यज्ञमणि आचार्यको प्यानलै विजयी बनेको हो । आचार्यले ७५७ मत प्राप्त गर्दै विजयी बनेका हुन् । उनको प्यानलै विजयी बनेका छन् । उनका प्रत्यासी राप्रपाका रोशन अधिकारी ५४ मतले पराजित बनेका हुन् । अधिकारीले ७०३ मत प्राप्त गरेका छन् ।अधिकारी यसअघि नेपाली कांग्रेसबाट वडाध्यक्ष बनेका थिए तर यस निर्वाचनमा टिकट नदिएपछि पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गरेका हुन् । उनी प्याराग्लाइडिङ व्यवसायी पनि हुन् । त्यस्तै अर्का प्रत्यासी नेकपा एमालेका सुमन श्रेष्ठले १७७ मत मा

    • प्रकाशित मितिः जेठ १, २०७९
    • १,६९५ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2022 - Blastkhabar.com All rights reserved