झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सर्वाधिक मतसहित विजयी भएका छन्। उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्।

शनिबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरेका छन्।

पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका बालेनले झापा–५ मा ऐतिहासिक मत ल्याउँदै जित हात पारेका हुन्। २०८२ भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि राजनीतिक रूपमा कमजोर बनेका ओलीकै क्षेत्रमा बालेन चुनाव लड्न पुगेका थिए।