विजयपुर । झापा क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाहले फराकिलो अग्रता कायम गरेका छन् ।
हालसम्म ६७ हजार ८५५ मत गणना हुँदा शाहले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केपी शर्मा ओलीले ११ हजार ४२७ मत पाएका छन् । शाहले ओलीभन्दा ३१ हजारभन्दा बढी मतले अग्रता बनाएका छन् ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार २०२ मत प्राप्त गरेकी छन् । नेपाली कम्युनिस्ट पार्टीका रन्जित तामाङले ९९६ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका समीर तामाङले ७ हजार १०४ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार हालसम्म ६७ हजार ८५५ मत गणना सम्पन्न भएको छ भने अझै ३८ हजार ५१७ मत गणना हुन बाँकी रहेको छ ।
Word Count: 136
































