विजयपुर । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाललाई ८८० मतान्तरले पराजित गरेका हुन् । सुब्बाले ११ हजार ५६१ मत पाउँदा ढकालले १० हजार ६८२ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ मत पाए । यस्तै, श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बुले ५ हजार २०० मत पाए । नेकपाका रनध्वज लिम्बुले ९१९ मत प्राप्त गरेका छन् ।