विजयपुर । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले जितको नजिक पुगेकी छिन् ।

हालसम्म ७० हजार ५२९ मत गणना हुँदा गौतमले ४१ हजार १६३ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपाकी उम्मेदवार रेणु दाहालले १५ हजार ६६२ मत पाएकी छिन् । हालसम्मको मतपरिणामअनुसार गौतमले दाहालभन्दा २५ हजार ५०१ मतान्तरले अग्रता लिएकी छन् ।