विजयपुर । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहँदा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले अग्रता कायम राखेका छन् ।

सुनसरी १ अन्तर्गत धरान १ देखि ७ वडाको कुल १६ हजार ७०३ मत गणना गर्दा श्रम संस्कृति पार्टीका राईले ६ हजार २७९ मत प्राप्त गरेका छन् । उनको निकटतम् प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङ (सरिन) ले ५ हजार ३३३ मत प्राप्त गरेकी छन् । राईले तामाङभन्दा ९४६ मतको अग्रता बनाएका छन् । नेकपाका सूर्यबहादुर भट्टराईले १ हजार ३६३ मत, एमालेका टिकाराम लिम्बूले १ हजार १०२ मत, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ९८५ मत प्राप्त गरेका छन् ।