विजयपुर ।नेकपा एमालेका उम्मेदवार बिष्णु पौडेललाई साढे ४३ हजार मतले पराजित गर्दै रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल निर्वाचित भएका छन् ।
निर्वाचन कार्यालयका अनुसार खरेलले ४३ हजार ६८९ मतान्तरले पौडेललाई पराजित गरेका हुन् । खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित भएका हुन् । पौडेलले १२ हजार ८६१ मत मात्रै प्राप्त गरे । नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३९२ मत पाउँदा नेकपाका सुभाष पाण्डेले १ हजार ४०९ मत पाए ।
































