विजयपुर । सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले मतान्तर बढाउँदै लगेका छन् ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म कुल १९ हजार ३३० मत गणना हुँदा राईले ७ हजार ८१३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) ले ५ हजार ८७१ मत ल्याएकी छन् । हाल राईले १ हजार ९४२ मतले अग्रता लिएका छन् ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले १ हजार ४७३ मत, नेकपा एमालेका टिकाराम लिम्बू ले १ हजार २१४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङ ले १ हजार ९३ मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार हालसम्म १८ हजार ३३१ मत सदर भएको छ भने ९७९ मत बदर भएको छ। मतगणना जारी छ ।