विजयपुर । प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाले ९७ क्षेत्रमा अग्रता र २० क्षेत्रमा जित हासिल गरी कुल ११७ सिटमा उच्च स्थान बनाएको छ ।
नेपाली कांग्रेसले ९ क्षेत्रमा अग्रता र ५ क्षेत्रमा जित प्राप्त गरी कुल १४ सिटमा स्थान बनाएको छ । यस्तै, एमालेले १३ क्षेत्रमा अग्रता र १ क्षेत्रमा मात्र जित हासिल गरी १४ क्षेत्रमा अग्रता लिएको छ । नेकपा १० क्षेत्रमा अग्रता र २ जितसहित १२ सिटमा देखिएको छ भने श्रम संस्कृति पार्टी ४ क्षेत्रमा अघि छ । राप्रपाले १ सिट, स्वतन्त्र उम्मेदवारले १ सिट प्राप्त गरेका छन् ।
































