विजयपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्रको जारी मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले अग्रता कायम गरेका छन् ।

हालसम्मको मतपरिणाम अनुसार श्रम संस्कृति पार्टीका राईले ४ हजार ६६१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार शेरधन राईले ३ हजार ६६८ मत ल्याएका छन् ।

नेकपाका अजम्बर राई काङमाङले २ हजार ३६२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण थापाले २ हजार ११९ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले १ हजार ३०७ मत प्राप्त गरेका छन् ।