विजयपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नं २ बाट तेस्रो पटक निर्वाचित भएका छन् ।

लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ मतान्तरले पराजित गरेका हुन् । यस्तै, एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ र नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरूङले ४ हजार ९६९ मत प्राप्त गरे । उक्त क्षेत्रमा ८७ हजार २८ मत सदर र २ हजार ७९६ मत बदर भएको थियो । लामिछानेले यसअघि पनि यही क्षेत्रबाट दुई पटक निर्वाचन जितिसकेका थिए । उनले पहिलोपटक २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन–२ बाट विजयी भएका थिए । त्यसपछि सांसद पद गुमेपछि २०८० सालमा भएको उपनिर्वाचनमा पनि भारी मतान्तरसहित विजयी भएका थिए ।