विजयपुर । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। उनले २२,८५० मत प्राप्त गरी विजयी भएका हुन्।
निर्वाचन कार्यालयका अनुसार निकटतम प्रतिस्पर्धी, नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरे। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ६ हजार ८८४ मत र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले ३ हजार ५२९ मत प्राप्त गरेका छन्।
































