श्री शालवाहनीय शाके १९४७ ने.सं. ११४६ वि.सं. २०८२ साल फागुन २३ गते शनिबार, ७ मार्च २०२६, सिद्धार्थीनाम संवत्सर। चैत्र कृष्णपक्षको चतुर्थी तिथि ०७ः३६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र चित्रा ११ः३१ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्योदय ०६ः२२ बजे र सूर्यास्त ०६ः०७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय हुने सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। 

मिथुन(९का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।विभिन्न उपहार प्राप्त हुने समय छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतको परिणाम भने राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

केही झमेला बेहोर्नुपरे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनसक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्।  

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मिहिनेत गर्नुपर्ला। खानपान र विश्राममा ध्यान पु¥याउनुहोला।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।