विजयपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६ मा तेस्रो पटक संसदीय यात्रामा रोकिएका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रुबिना आचार्यसँग ४२ हजार ६६३ मतको फराकिलो अन्तर पराजित भएसँगै तेस्रो पटक संसदीय यात्रामा रोकिएका हुन् । कांग्रेसको राजनीतिमा कोइराला परिवारको राजनीतिक विरासत बोकेका डा. कोइराला फागुन २१ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट छैटौं पटक प्रतिस्पर्धामा होमिएकामा तेस्रो पटक संसदीय यात्रामा ब्रेक लागेको हो ।

कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका उम्मेदवारसँग पराजित बनेका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित बनेका कोइराला २०७९ फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी रुबिना आचार्यसँग पराजित भएसँगै तेस्रो संसदीय यात्रा रोकिएको छ ।

कोइराला २०७९ सालमा एमालेका उम्मेदवारलाई पराजित गरी प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०६५ मा भएको उपनिर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिकको उम्मेदवारलाई पराजित गर्दै संविधानसभा सदस्य बनेका थिए । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए ।