विजयपुर । इलाम क्षेत्र नं २ मा श्रम संस्कृति पार्टीका सुदीप राई अगाडि भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार सुहाङ नेम्वाङलाई पछि पार्दै श्रम संस्कृति पार्टीका उम्मेदवार राई अघि बढेका हुन् । श्रम संस्कृतिका राईले १ हजार ५ सय ४ मत प्राप्त गर्दा सुहाङले १ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले ७ सय ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोकुल राईले ४ सय २० मत ल्याएका छन् ।
































