विजयपुर । सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङ (सरिन) ले मतान्तर बढाउँदै गएकी छिन् ।

कुल ३ हजार ८४१ मत गणना गर्दा रास्वपाकी तामाङले १ हजार ७५५ मत प्राप्त गरिन् । श्रम संस्कृति पार्टीका हर्करमज राईले ५७३ मत प्राप्त गरे । राईलाई तामाङले १ हजार १८२ मतले पछाडि पारेकी छिन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ४५८ मत, राप्रपाका उद्वव श्रेष्ठले २२४ मत, नेकपाका सुर्यबहादुर भट्टराईले १६४ मत र एमालेका टिकाराम लिम्बूले १५८ मत प्राप्त गरेका छन् । हालसम्म कुल १२४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।