विजयपुर । काठमाडौं क्षेत्र नं. ६ बाट  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल निर्वाचित भएका छन् ।

खनाल २७ हजार ७ सय ११ मत प्राप्त गरी प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धवराज भेटुवालले २ सय ९० मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका हेमलाल शर्मा (हिमाल शर्मा) ले २३१ मत प्राप्त गरे ।