विजयपुर । काठमाडौं क्षेत्र नं. ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ दोस्रो पटक संसदको यात्रा तय गरेका छन् । 

श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत ल्याए । कांग्रेस उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो भइन् । एमाले उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मत ल्याएर चौथो  भएका छन् । २०७९ को निर्वाचनमा पनि श्रेष्ठ क्षेत्र नं. ८ बाट नै निर्वाचित भएका थिए ।