धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनकुटामा जारी मतगणनामा शुक्रवार साँझसम्ममा त्रिपक्षिय भिडन्त जारी रहेको छ ।

साँगुरीगडी गाउँपालिकाको १० वडा र चौविसे गाउँपालिकाको १ र २ वटा वडामा खसेको मत गणना गर्दा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले अग्रता कायमै राखेका छन् । उनले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उनको उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द कुमार राईले २ हजार ७ सय २९ मत प्राप्त गर्दै उनलाई पछ्याइरहेका छन भने नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईले १ हजार, ९ सय मत प्राप्त गरेका छन् । यसरी हेर्दा धनकुटामा श्रमसंस्कृति पार्टीका सानवहादुर राई, एमालेका राजेन्द्र कुमार राई र नेपाली कांग्रेसका दिनेस राई विच कडा प्रतिष्पर्धा देखिएको छ ।

जम्मा खसेको मत ९ हजार, ४ सय, ८२ मा सदरमत ८ हजार, ७ सय, ७४ र बदर मत ७ सय ८ पुगेको छ । धनकुटामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश भण्डारीले ३ सय, ३१ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धर्म पौडेलले ४८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार आइतराज चेम्जोङ्गले १ सय २ मत प्राप्त गरेका छन् ।  धनकुटामा मतगणना भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालय धनकुटाले जनाएको छ ।