विजयपुर । सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (गोमा) ले फराकिलो अग्रता लिएकी छन् ।

कुल ९२४ मत गणना गर्दा ४६१ मत प्राप्त गरी फराकिलो अग्रता लिएकी छन् । श्रम संस्कृति पार्टीका हर्कराज राईले १५४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १ सय ७ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्वव श्रेष्ठले ९५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराईले ४१ मत प्राप्त गरेका छन् । नेकपा एमालेका टिक लिम्बूले २० मत प्राप्त गरेका छन्।