विजयपुर । धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सान बहादुर राईले ८ सय मतान्तरले अग्रता लिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँगुरीगढी वडा नं. १ देखि ८ सम्म गणना गर्दा राईले २ हजार ५८१ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का राजेन्द्र कुमार राईले १ हजार ७८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका दिनेश राईले १ हजार ५३५ मत प्राप्त गरेका छन् ।