झापा । झापा–३ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक फराकिलो अग्रतामा देखिएका छन्।

हालसम्मको मतगणना अनुसार पाठकले १२ हजार ८३४ मत प्राप्त गरेका छन्। उनलाई पछ्याउँदै राप्रपाका राजेन्द्र लिङदेनले ५ हजार ६७६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका राजेन्द्र घिमिरेले २ हजार ४४० मत पाएका छन्। नेकपा एमालेका हरी राजवंशीले २ हजार ४८६ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका दिपक तिम्सिनाले १ हजार ३८३ मत प्राप्त गरेका छन्।