विजयपुर । सुनसरी क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ (सरिन) ले मतान्तर बढाएकी छन् । उनले ७ सय १२ मतले अग्रता कायम राखेकी छिन् ।
कुल १ हजार ९६१ मत गणना गर्दा १ हजार १५ मत प्राप्त गर्दै मतान्तर बढाएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हर्कराज राईले ३ सय ३ मत मात्र प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका सुजेन्द्र तामाङले २ सय ३३ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठले १ सय ६२ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई (मनोज) ले ९२ मत प्राप्त गरेका छन् । बाँकी मत अन्यले प्राप्त गरेका छन् । बदर मत ८१ भएको निर्वाचन कार्यालयले जनाएको छ ।
































