विजयपुर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोमा तामाङ (शरिन) ले फराकिलो अग्रता कायम गरेकी छन्।

हालसम्म ४ हजार ३९७ मत गणना हुँदा तामाङले २ हजार १ सय ६२ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। उनलाई स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८ सय १६ मतसहित पछ्याइरहेका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोलेले ४ सय ४१ मत पाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज) ले २ सय ६८ मत ल्याएका छन्। नेकपा एमालेका टिकाराम लिम्बूले २ सय ३० मत प्राप्त गरेका छन्। राप्रपाका उद्वव श्रेष्ठले २ सय ५३ मत प्राप्त गरेका छन्। मतगणनामा १ सय ७८ मत बदर भएको छ भने सदर मत ४ हजार २ सय २१ रहेको छ।