विजयपुर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरिमा अग्रता कायम गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार रास्वपा ९४ क्षेत्रमा अग्रता र १ क्षेत्रमा निर्वाचित भइसकेको छ । यस्तै, नेपाली कांग्रेस ११ क्षेत्रमा अग्रता र १ क्षेत्रमा जित सहित कुल १२ सिटमा देखिएको छ । नेकपा (एमाले) १० क्षेत्रमा अग्रता रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ क्षेत्रमा अग्रता देखिएको छ । कुल नेपालमा प्रत्यक्ष तर्फ १६५ क्षेत्र रहेको छ ।