विजयपुर । सुनसरी क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोक चौधरीले अग्रता लिएका छन् ।

हालसम्म १ हजार ७ सय मत गणना गर्दा चौधरीले ९८० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका विजय कुमार गच्छदारले ३ सय ३३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी भगवती चौधरीले २ सय ९१ मत प्राप्त गरेकी छन् ।