विजयपुर । धरान–१५ स्थित शिक्षा सदन माविको मतदानस्थलबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदान गर्न आएका एक व्यक्तिमाथि हातपात गर्ने प्रयास गरेपछि एक युवकलाई शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिन खोज्दा केहीबेर मतदानस्थल आसपासको वातावरण तनावपूर्ण बनेको थियो।

ती युवक मानसिक सन्तुलन गुमाएका जस्ता देखिएको स्थानीयले बताएका छन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि अवस्था सामान्य बनेको छ।

मतदान प्रक्रिया भने अवरुद्ध नभई निरन्तर रूपमा सञ्चालन भइरहेको छ।