धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटामा ४९ दशमलव ५६ प्रतिशत मत खसेको छ । 

 जिल्लाको कुल मतदाता संख्या १ लाख १८ हजार ४२५ रहेको छ । जसमध्ये ४९.५६ प्रतिशत अर्थात ५८ हजार ६९१ मत खसेको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए । 

जिल्ला भरिका १६६ वटा मतदान केन्द्रबाट मतगणना स्थल धनकुटा सदरमुकाम स्थित सामुदायिक भवनमा ल्याउने काम भइरहेको उनले बताए । 

उनका अनुसार वेलुका १० बजे भित्र जिल्लाका सवै क्षेत्रबाट मतपेटिका आइपुग्नेछ । मतपेटिका आइपुगेपछि सर्वदलीय वैठक गरेर मतगणनाको काम सुरु गरिनेछ । यो पटक स्थानीय तह अनुसार मतपेटिका राख्ने व्यवस्था गरिएको छ । 

मतगणना हुने स्थानलाई सिसि क्यामेराले निगरानी गरिनेछ । भने गणना स्थल र उम्मेदवारका प्रतिनिधि वस्ने स्थानमा तारघेरावार गरिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा तीन स्वतन्त्र सहित विभिन्न दलका गरी १७ जना उपचार चुनावी मैदानमा प्रतिस्पर्धा छन् ।