-भोजराज श्रेष्ठ
चासो अनलाइन टिभीले पोस्ट गरेको “साउदी र यमनमा रहेका नेपालीलाई अर्जेन्ट मेसेज, यो एउटा फर्म नभरे उद्धार नहुने खतरा” भन्दै बनाएको एउटा भिडियो अहिले भाइरल भएको छ ।
तर, हाम्रो तथ्य जाँचले मध्यपूर्व एसियामा युद्ध भइरहेकाले नेपाल सरकार परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका राजदूतावासमार्फत नाम दर्ता पोर्टल सार्वजनिक गरेको पुष्टि भएको छ ।
के हो दाबी ?
५८ हजार फलोअर रहेको चासो अनलाइन (ChaasoTV) नामक फेसबुक पेजले बुधबार (मार्च ४, २०२६ बिहान ०९ः५२ बजे) एउटा भिडियो हालेको देखिन्छ । एक मिनेट २० सेकेन्ड जति लामो भिडियोमा “साउदी र यमनमा रहेका नेपालीलाई अर्जेन्ट मेसेज, यो एउटा फर्म नभरे उद्धार नहुने खतरा” भन्ने आशय उल्लेख गरी सन्दर्भलाई सनसनी बनाउने प्रयास गरिएको छ ।
हेर्नुहोस् स्क्रिन सट :

चासो टिभीले प्रस्तुत गरेको भिडियोको लिङ्क ।
https://www.awesomescreenshot.com/video/50084504
हामीले तथ्य जाँच गरिरहँदा २९ हजार ७ सय रियाक्सन, ४४९ कमेन्ट र ३.२ शेयर गरिएको छ । यस्तै पाँच लाखभन्दा बढीले हेरिसकेका छन् ।
के हो तथ्य ?
हामीले यसबारे परराष्ट्र मन्त्रालयको वेबसाइट जाँच गर्यौँ । वेबसाइटमा फागुन १९ गते (मङ्गलबार) मध्यपूर्व एसियाका देशहरूमा रहेका नेपाली नागरिकहरूको नाम दर्ताका लागि विवरण सङ्कलन गर्ने भनिएको पायौँ ।
हेर्नुहोस् स्क्रिन सट :

परराष्ट्र मन्त्रालयले निर्माण गरेको नाम दर्ता गर्ने पोर्टलको लिङ्क ।
यसबारे गुगल सर्च गरी समाचारको बारेमा खोजी गर्यौँ । सेतोपाटी डटकमले परराष्ट्र मन्त्रालयले साउदी र यमनका नागरिकहरूको लागि विवरण सङ्कलन गरी पोर्टल तयार पारेको भनी प्रस्तुत गरेको छ ।
हेर्नुहोस् स्क्रिन सट ।

सेतोपाटी डटकमको लिंक र अर्काइभ लिङ्क ।
यस्तै लोकपथको फेसबुक पेजमा पनि बुधबार नेपाली दूतावास रियादले साउदी अरब तथा यमनमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्न नाम दर्ता पोर्टल सञ्चालनमा ल्याएको छ भनी लेखेको छ । जसमा १४ रियाक्सन रहेको छ ।
हेर्नुहोस् स्क्रिन सट ।

लोकपथ नामक फेसबुक पेजको लिङ्क तथा अर्काइभ लिङ्क ।
तथ्य जाँच
दाबी : “साउदी र यमनमा रहेका नेपालीलाई अर्जेन्ट मेसेज, यो एउटा फर्म नभरे उद्धार नहुने खतरा” हुने ।
दाबीकर्ता : चासो अनलाइन टिभी नामक फेसबुक पेज ।
तथ्य : भ्रामक प्रस्तुति । सन्दर्भलाई सनसनी खेज बनाउने गरी प्रस्तुतीकरण । सबै कुराको अध्ययन गर्दा परराष्ट्र मन्त्रालयले साउदी र यमनमा रहेको नेपाली नागरिकको विवरण भर्नका लागि नाम दर्ता पोर्टल सञ्चालनमा ल्याएको हो ।
































