विजयपुर । मोरङमा ५५ प्रतिशत मत खसेको छ ।

साढे ३ बजेसम्म करिब ५५ प्रतिशत मत खसेको हो । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल मतदान प्रतिशत करिब ६० देखि ६५ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । मोरङ जिल्लामा कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । तीमध्ये हालसम्म ४ लाख ३० हजारभन्दा बढी मत खसेको छ ।