विजयपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी जिल्ला मा ६४ प्रतिशत मतदान भएको छ।

निर्वाचन कार्यालय सुनसरीका अनुसार जिल्लाका चार निर्वाचन क्षेत्रमा कूल ५ लाख ६० हजार ५४५ मतदाता रहेकोमा ३ लाख ६६ हजार ६०० मत खसेको हो।

कार्यालयका अनुसार  क्षेत्र नं. ३ मा सबैभन्दा बढी ६७ प्रतिशत मतदान भएको छ भने क्षेत्र नं. १ मा सबैभन्दा कम ५८ प्रतिशत मतदान भएको छ।

सुनसरी  क्षेत्र  नं.  १ मा १ लाख ५० हजार ३६३ मतदातामध्ये ८७ हजार ६५१ मत खसेको हो ।  क्षेत्र नं. मा १ लाख ५८ हजार ९१० मतदातामध्ये १ लाख २ हजार ४ मत खसेको हो  । क्षेत्र  नं.  ३  मा १ लाख ४३ हजार ३०२ मतदातामध्ये ९५ हजार ८३४ मत खसेको हो । क्षेत्र नं. ४ मा१ लाख ३७ हजार ९७० मतदातामध्ये ८४ हजार ४६६ मत खसेको हो ।जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।  अहिले  मतपेटिका संकलन गर्ने कार्य भइरहेको कार्यालयले जनाएको छ ।